बिहीबार, साउन १४, २०८३

जनकपुरका वडा अध्यक्षहरुले गरे आन्दोलनको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरुले आन्दोलनको घोषणा गरेका छन्। २५ पुसमा १६ बुँदे माग राख्दै बुझाएको ज्ञापन पत्रमा हालसम्म कुनै सुनवाइ नभएको भन्दै असन्तुष्ट वडा अध्यक्षहरुले आन्दोलनका घोषणा गरेका हुन्।

पौष मसान्तसम्म माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए माघदेखि चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिँदै वडा अध्यक्षहरुले जनकपुर उपमहानगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए।

असन्तुष्ट वडा अध्यक्षहरुले सोमबार १३ माघसम्म उपमहानगरपालिकालाई थप समय दिँदै तोकिएको समय सीमाभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

उपमहानगरपालिकाले माग सम्बोधन नगरे वडा अध्यक्षहरुले १४ र १५ गते हातमा कालोपट्टी बाँधी आ-आफ्नो वडा कार्यालयमा काम गने, १८ गते पेन डाउन, २० गतेदेखि बिहान १० बजेदेखि एक घन्टा धर्ना बस्ने चेतावनी दिएका छन्। 

यसैगरी २१ माघदेखि दैनिक १-१ घन्टा धर्नाको अवधि बढाउँदै २७ गते बिहान १० बजे देखि ६ घन्टा धर्ना दिने कार्यक्रम उनीहरुले घोषणा गरेका छन्। बसी २७ गतेसम्म क्रमश- १-१ घन्टा धर्नाको अवधि थप्दै जाने लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। यस अवधिमासमेत माग सम्बोधन नभए २८ गतेर २९ गते आफूहरु २४ घण्टे रिले अनशनमा बस्ने असन्तुष्ट वडा अध्यक्षहरुले जनाएका छन्।

संवैधानिक व्यवस्थाअनुसार आफूहरुलाई अधिकार प्रत्यायोजन नगरिएको भन्दै २५ मध्ये १६ जना वडा अध्यक्षहरुले १६ बुँदे माग राख्दै उपमहानगरपालिका कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए।

उनीहरुले संवैधानिक व्यवस्थाअनुसार अधिकार प्रत्यायोजन गर्नुका साथै वृद्धि गरिएका स्थानीय करहरु विगतकै अवस्थामा ल्याइनुपर्ने, दैनिक कार्य, भैपरी आउने कार्यका लागि स्वायत्त व्यवस्था, वडा कार्यालयमा आवश्यक मानवीय, भौतिक, आर्थिक संशाधनका स्वायत्त परिचालनको व्यवस्था हुनुपर्ने लगायतका मागहरु पुरा हुनुपर्ने बताउँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।