बिहीबार, साउन १४, २०८३

नयाँ मर्यादाक्रममा अख्तियारको आपत्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नयाँ मर्यादाक्रममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आपत्ती जनाएको छ। अयोगको सोमबार बसेको बैठकले सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रमका सम्बन्धमा विभिन्न निर्णय गरी आपत्ती जनाएको हो।

सरकारले पछिल्लो समय जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम निर्धारणप्रति अयोगको ध्यानाकर्षण भएको जनाएको छ।

अयोगका अनुसार संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकहरुमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरुभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविककोभन्दा निकै तल्लो क्रममा रहेको जनाएको छ।

अख्तियारको विज्ञप्तीमा भनिएको छ, 'त्यसबाट आयोगको कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्यमान्यता समेत प्रभावित हुने अवस्था सिर्जना हुन जान्छ।' साथै मनोबलमा समेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानी संवैधानिक निकायका आयुक्त एंव सदस्याहरुको मर्यादाक्रम साविकको जस्तै राख्ने पर्ने अयोगको भनाइ छ।

साविकमा संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्ने गरिएकोमा त्यसैगरी राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन हुन अयोगले सरकारलाई आग्रह गरेको अयोगका प्रवक्ता रामेश्वर दंगालले जानकरी दिएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।