बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिलाले आइस्क्रिम चाटेर खान नहुने नियम बनाएपछि विवाद

महिलाले आइस्क्रिम चाटेर खान नहुने नियम बनाएपछि विवाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
टर्की- टर्कीको इस्तानबुल नगरपालिका अहिले विवादित छ। महिलालाई सभ्य र व्यवहारिक बनाउने भन्दै नगरपालिकाले महिलाले आइसक्रिम चाटेर खान नहुने नियम बनाएपछि उक्त नगरपालिका विवादमा परेको हो। 

यस्तो व्यवहार सबै सामु नसुहाउने र अव्यवहारिक देखिने भन्दै नगरपालिकाले नयाँ नियम लागु गरेको जनाएको छ। नगरपालिकाको उक्त नियमपछि समाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ।
 
महिलाको स्वतन्त्रतामाथि रोक लगाएको भन्दै यो विषय विवादित बनेको हो। महिलालाई सभ्य बनाउनको निम्ति इस्तानबुलको बागसिलर नगरपालिकामा दुई महिनाको कोर्स सञ्चालन गरिएको छ। 

प्रशिक्षणमा सार्वजनिक ठाँउमा कस्तो व्यवहार गर्नुपर्छ र कसरी सभ्य बन्न सकिन्छ भन्ने विषय सिकाइने बताइएको छ। परम्परादेखि नै महिला नम्र र सभ्य हुनुपर्छ र भान्सामा गर्नुपर्ने सबै काम महिलाले नै गर्नुपर्छ भन्ने मान्यतालाई निरन्तरता दिँदै कक्षा सञ्चालन गरिएको हो। यसका साथै महिलाले चर्को आवाजमा बोल्न नहुने भन्ने विश्वास छ।

महिला समूहरुले आइस्क्रिम मजाले चाटेर खानु खराब नभएको बताएका छन्। अचम्मको कुरा के भने, महिलाले कसरी आइस्क्रिम खान्छन् भनी हेरेर बस्ने जमात पनि रहेछ। 

आइस्क्रिम चाटेर नखाई कसरी खाने, हामी आइस्क्रिम चाटेर नै खान्छौ र कसैको सल्लाह लिनु छैन् भन्ने जस्ता तर्कहरु सामाजिक सञ्जालमा महिलाहरुले राख्ने गरेको पाइएको छ। 

नगरपालिकाले बनाएको नियम अनुसार महिलाले चुइगम चपाउने, बसको यात्रामा मोबाइलमा लामो कुरा गर्ने, अपशब्दको प्रयोग गर्ने र पहिलो भेटमा नै पुरुषको वैवाहिक जीवनमा चासो राख्न हुँदैन्।

तालिमका लागि नगरपालिकाले गणितका लेक्चरर अर्जु अरदालाई निम्त्याएको छ। उनी भन्छिन्, सलीकाले नै हाम्रो धर्म, परम्परा र संस्कृतिलाई बचाउन मद्दत गरेको छ। समाजमा शिष्टाचार र विनम्रताको कमी देखिन्छ। आशा गरौं समाज परिवर्तन हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।