बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठूला भ्रष्टाचार राजनीति संरक्षणबिना संभव छैनः नेता पौडेल

ठूला भ्रष्टाचार राजनीति संरक्षणबिना संभव छैनः नेता पौडेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्याङ्जा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति संरक्षणमा ठूल-ठूला भ्रष्टचार कान्‍ड हुने गरेको बताएका छन्। नेपाली कांग्रेसले स्याङजामा आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले वाइड बडी प्रकरण, एनसेल प्रकरण, बुढीगण्डकी ठेक्का प्रकरण जस्ता ठूल-ठुला कान्ड राजनीति संरक्षमा हुने गरेको दाबी गरेका छन्।

‘वाइड बडीदेखि के-के काण्ड चर्चामा छन्।  यी सवै  ठूला भ्रष्टचार राजनीति संरक्षण विना संभव हुदैँन्’, उनले भने, ‘यसरी राजनीति भ्रष्ट भएपछि मुलुक कसरी अगाडि बढ्छ? यसले राजनीतिप्रति आम नागरिकमा वितृष्णा फैलाउँछ।’

पौडेलले संसदमा प्रतिपक्षको भूमिका कमजोर भएको महशुस भएको उल्लेख गर्दै भने, ‘हामीले आफ्नो एजेण्डामा आन्दोलन गर्ने हो, अरुको एजेण्डामा होइन। हाम्रा नेताहरुको नाम भएको अस्पताल मेटाउने रणनीतिमा बर्तमान सरकार छ। यो बेलामा कांग्रेसले प्रतिपक्षको हैसियत कायम गर्न सक्नुपर्छ।’ 

कांग्रेस वरिष्ठ नेता पौडेलले पार्टी भित्र रहेको गुटबन्दीलाई अन्त्य गर्न सबै नेता कार्यकर्ता एकजुट हुनु पर्ने बताएका छन्। उनले भने, ‘पार्टीमा रहेको गुटबन्दीको अन्त्य गर्न जरुरी छ। आम कार्यकर्ताले नेताको भन्दा पनि पार्टीको कार्यकर्ता हुन पर्छ। नेताहरुले स्वच्छ मानसिकता राखेर कार्यकर्ताको मुल्याङकन गर्नुपर्छ। कार्यकर्ताहरुले पनि नेताहरुका गल्ती औल्याउन सक्नुपर्छ। यसो भएमात्र पार्टी सदृढ हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।