सोमबार, पुस १४, २०८२

नुहाउने क्रममा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

 |  मंगलबार, असार २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार २४, २०८२

National life
Laxmi sunrise bank
kumari

धनुषा- जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ। उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। 

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए। दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए। नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए। 

दुवैजनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ। 

प्रकाशित: Jul 08, 2025| 13:47 मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्