शुक्रबार, असोज ९, २०८३

ल्हेन्दे खोलाको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार

 |  मंगलबार, असार २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार २४, २०८२

रसुवा-  नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ। सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ दु्रवप्रसाद अधिकारीले जानकारी दिए।

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ। हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ। 

प्रकाशित: Jul 08, 2025| 09:07 मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्