सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, बन्दरगाहका गाडी समेत बगे

रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, बन्दरगाहका गाडी समेत बगे

 |  मंगलबार, असार २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार २४, २०८२

National life
Laxmi sunrise bank
kumari

रसुवा- नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ। बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।  उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए। 

हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा  तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए। यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ।

प्रकाशित: Jul 08, 2025| 07:52 मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्