सोमबार, असार २३, २०८२

ओझेलमा ताप्लेजुङको ढङ्ढंगे झरना

 |  सोमबार, असार २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २३, २०८२

vianetvianet

फुङ्लिङ- सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढंगे झरना अझै पनि आम दृष्टिबाट टाढा छ। सिदिङ्वा-५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैँमा बाजाको ताल जस्तो लाग्छ। यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढंगे’ नामकरण दिएका हुन, जहाँ जलको बहाव र चट्टानको संघर्ष संगीत बनिन्छ। स्थानीय असलबहादुर राईले भने, पहिला त फावाखोला भन्ने गरिन्थ्यो, अहिले ढङ्ढंगे भनेर चिनिन्छ। बाजा बजाए जस्तो आवाज आउँछ।

ढङ्ढंगे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ, कि एक पटक पुग्ने जो कोहीको स्मृतिमा अमिट रूपमा बस्छ। पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बिस्तारै बढ्दै गएको छ। स्थानीय अब बाह्य पर्यटक पनि आकर्षित हुने आशामा छन्। स्थानीय नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन्। “हामी त पर्खिराखेका छौँ। बाहिरबाट पनि पर्यटक आएर आम्दानीको स्रोत बनोस् भनेर।” स्थानीय नारायणप्रसाद राई बताउँछन्।

झरनामा पुग्ने आन्तरिक पर्यटकको अनुभव विशेष हुन्छ। दृश्य सुन्दर मात्र होइन, आत्मामा शान्ति दिने किसिमको अनुभूति उनहरूले व्यक्त गरेका छन्। नाम सामान्य लाग्यो तर दृश्य हेर्दा मुखमै मुस्कान आयो। यस्तो प्राकृतिक उपहार देख्दा मन रमायो। अन्तरिक पर्यटक साहारा लिम्बूले बताइन्। 

झरनालाई पर्यटकीय क्षेत्र बनाउनका लागि स्थानीय सरकार पनि सक्रिय देखिन्छ। झरनासम्म पुग्न ढुंगाका गोरेटो बाटा बनाइएका छन्, होमस्टे निर्माणको तयारी भइरहेको छ।  आगामी नीति तथा कार्यक्रममा ढङ्ढंगे झरनालाई विशेष प्राथमिकता दिइएको सिदिङवागाउँपालिका उपाध्यक्ष बन्दना कडरीयाले बताइन्। 

तर अझै पनि झरनाको आधिकारिक लम्बाई मापन गरिएको छैन। वैज्ञानिक दृष्टिकोणले यसको अध्ययन आवश्यक छ। प्रचारप्रसारलाई तीव्रता दिन सकिएमा यो झरना जिल्लाको अर्को पर्यटकीय परिचय बन्न सक्छ। जिल्ला सदरमुकाम फुङ्लिङ बजारदेखि पाँचथरको गणेश चोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुग्न सकिन्छ।

साब्लाखुदेखि करिब ४० मिनेटपछि ढङ्ढंगे झरनासम्म पुग्न सकिन्छ। झरनासम्म नै सहजरुपमा मोटर बाटो विस्तार भएकाले सवारीसाधन सहजरुमा झरनासम्म पुग्दै आएको छ। ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको ढिस्को र खोल्साको गर्जनमा पर्यटकीय सम्भावनाको ध्वनि लुकेको छ। मिक्वाखोलाको फुङफुङगे झरनाको चर्चा धेरैले सुनेका छन्।

प्रकाशित: Jul 07, 2025| 17:01 सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।