बिहीबार, वैशाख १७, २०८३

प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

 |  सोमबार, असार २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असार २३, २०८२

National life

काठमाडौं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाइ अनमोदन गरेको छ। समितिको आजको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिए।
 
समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ। प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा उहाँहरूको नाम अनुमोदन गरेको हो।
 
यसअघि समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासँग न्यायाधीश तथा संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी तुल्याउने विषयमा ध्यान दिन सुझाव दिएको थियो। त्यस अवसरमा मन्त्री चौरसियाले न्यायालय र संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी बनाउन संसद्ले लिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Jul 07, 2025| 12:24 सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्