NadaNada
शनिबार, भदौ ७, २०८२

सुनसरीमा भन्सार छली ल्याइएका १७ लाख मूल्यबराबरका सामान बरामद

 |  आइतबार, असार २२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २२, २०८२

vianetvianet

धरान- सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाख रूपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको हो।

इनरुवा नगरपालिका-९ बबिया साम्बला टोलमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका थिए। को३२प २५४५, को२३प ८११९, को१५प ३११० र को३३प ६२४६ नंको मोटरसाइकल बरामद गरिएको छ।

मोटरसाइकल र बरामद सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। रासस

Metro Mart

प्रकाशित: Jul 06, 2025| 19:16 आइतबार, असार २२, २०८२
प्रतिक्रिया दिनुहोस्