बिहीबार, साउन १४, २०८३

आज एकसाथ सुपर मुन, खग्रास चन्द्र ग्रहण र ब्लड मुन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सन् २०१९ को सुरूवातसँगै अन्तरीक्ष तथा ब्रमाण्डका विषयमा यो वर्ष वैज्ञानिकहरूको लागि अध्ययनको ठुलो मौका रहनेछ । यस वर्ष ३ वटा खग्रास चन्द्रग्रहण हुने छन्। जसमध्ये जनवरी २० र  २१ को पहिलो खग्रास चन्द्र ग्रहण रहेको छ। यस बाहेक फेब्रुअरी १९ र मार्च २१ मा पनि  बाँकी खग्रास चन्द्र ग्रहण हुनेछन्।

सुपर ब्लड उल्फ मुन 

जनवरी २० र २१ मा लाग्ने चन्द्र ग्रहण सुरू भइसकेको छ । आज एकै पटकमा तीन खगोलशास्त्रीय  घटना हुनेछन्।  सुपर मुन, खग्रास चन्द्रग्रहण र रक्तिम (ब्लड) मुन।  ‘सुपर ब्लड वुल्फ मुन’ नाम दिइएको यो खग्रास चन्द्रगहण ग्र्रहण भने दक्षिणी र उत्तरी  अमेरिकाबाट मात्र देखिने छ। एसियामा यो ग्रहण देखिने छैन। 

खगोलविद् जयन्त आचार्यका अनुसार आज चन्द्र ग्रहण अमेरिका र युरोपका देशहरूमा लाग्दैछ। खगोलविद् आर्यका अनुसार चन्द्र ग्रहण नेपाल तथा एसियाबाट देखिदैन। त्यसैले यहाँ केही प्रभाव पनि पर्दैन। आज चन्द्रमा साविकभन्दा १४ प्रतिशतले ठुलो देखिने छ भने सामान्य दिन भन्दा ३० प्रतिशत बढी उज्यालो देखिनेछ। 

कसरी र के कारणले हुँदैछ ग्रहण?

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने अबिर्ट क्रममा पूर्ण रूपमा गोलो नभई चोप्टो रहेको छ । यस कारण परिक्रमाको क्रममा गर्ने क्रममा चन्द्रमा कहिले निकै पर त कहिले निकै नजिक हुने गर्छ। 

‘सुपर मुन’ चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक रहँदा हुने गर्छ। आजको खग्रास ग्रहण चन्द्रमा पृथ्वीबाट ३५६७७६१ किमी नजिक  रहेको छ । चन्द्रमा सविक भन्दा  ४८२८० किमी नजिक रहेको छ।चन्द्रमा र पृथ्वीको नजिक रहेको अर्बिटलाई  पेरिग्री भनिन्छ। यसै कारण ‘सुपर मुन’लाई  ‘परिजिएन फुल मुन’  पनि भनिने गर्छ। 

किन हुन्छ रातो रंग ?

चन्द्रमा केही रातो रंग देखिनुको हुने कारण  यसलाई ‘ब्लड मुन’ पनि भनिन्छ । रातो देखिनुको प्रमुख कारण्‘रेलिग स्क्याटरिङ्ग’ हो । पृथ्वीको सतहमा पाइने हावाका तत्वहरूले निले रंग फैलिएको हुन्छ। बाँकी रंग चन्द्रमाको सतहमा रातो रंगमा देखिन्छ । यर कारण पनि रातो रंग देखिन्छ। चन्द्रमा बादल र पृथ्वीको वरपरको धुलोका कारण अझ रातो देखिन सक्छ। 

‘ब्लड मुन’ को अर्थ  सुर्यको प्रकाशबाट पृथ्वीको छाँया चन्द्रमामा पर्ने कारण पनि चन्द्रमाको रंग रगत जस्तै रातो हुने गर्छ ।  रेलिगज  स्क्याटपरङ्गका कारण, 

किन भनिन्छ, ‘उल्फ मुन’?

नेटिभ अमेरिकनहरूले ‘जनवरीको फुल मुन’ लाई  पौराणिक कथन अनुसार  ‘द उल्फ मुन’पनि भनिन्छ। यस कारण पनि आजको ‘सुपर ब्लड उल्फ मुन’ भनिएको हो। फेब्रुअरी १९ मा हुने  फुल मुन सबैभन्दा नजिकको  र ठुलो  सुपरमुन हुनेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।