सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मान बहादुर शाहीको नेतृत्वमा सोटो नेपालको नयाँ कार्यसमिति चयन

मान बहादुर शाहीको नेतृत्वमा सोटो नेपालको नयाँ कार्यसमिति चयन

 |  आइतबार, असार २२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार २२, २०८२

काठमाडौं- नेपालका ट्राभल तथा टुर अपरेटरहरुको साझा संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन गरिएको छ। फरवेस्ट ट्राभल एण्ड टुर्स प्रा.लि. का सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मान बहादुर शाहीको अध्यक्षतामा सोटो नेपालको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

National life

'समृद्ध पर्यटनकस लागि सामूहिक आवाज' मूल नारा बोकेको सोटो नेपालको शनिबार काठमाडौंमा आयोजित साधारणसभाबाट शाही नेतृत्वको १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो। 

नव-निर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष दिनेश बस्नेत, दोस्रो उपाध्यक्ष माधव कँडेल, महासचिव कुमार पराजुली, सचिव कमल बहादुर मगर, कोषाध्यक्ष मधुसुदन नेपाल, सह-कोषाध्यक्ष आनन्द कुमार क्षेत्री रहेका छन्।  यस्तै, कार्यसमिति सदस्यहरूमा बिन्दु प्रधान, ओम जोशी, दासुराम गौतम, अनिशा ज्ञवाली, सुवोध धिताल, प्रेमकुमार दनुवार र सुजीत यादव चयन भएका छन्।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शाहीले सोटो नेपालको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए। उनले भने, “सोटो नेपालको अध्यक्षको जिम्मेवारी पाउनु मेरो लागि सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर मात्र होइन, समग्र नेपाली पर्यटनको हितमा काम गर्ने ठूलो जिम्मेवारी हो।” उनले पर्यटन क्षेत्रको समग्र विकासका लागि सामूहिक प्रयास, पारदर्शी सदस्य छनोट प्रक्रिया, सरकार र सरोकारवालासँगको सहकार्य र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याए। साथै, गन्तव्य प्रवर्द्धन गर्ने र ती गन्तव्यमा सहज पहुँच स्थापित गर्न सरकारलाई आग्रह गर्ने, पर्यटन व्यवसायीले भोगिरहेजा झन्झटबारे आवाज उठाउने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष शाहीले गरे।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत व्यक्तिहरुलाई‌सम्मान गरिएको थियो। 
सो अवसरमा सोटो नेपालका पूर्व अध्यक्षहरू तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले सोटो नेपालले निजी क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै आएको बताउँदै, नयाँ कार्यसमितिले अझै प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे। नयाँ नेतृत्वले आन्तरिक सुदृढीकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेपाली पर्यटन व्यवसायको हितमा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 06, 2025| 09:20 आइतबार, असार २२, २०८२
प्रतिक्रिया दिनुहोस्