बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सी, स्वारेज र डेम्बेलेको गोलमा बार्साको शीर्षस्थान कायमै

मेस्सी, स्वारेज र डेम्बेलेको गोलमा बार्साको शीर्षस्थान कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना आफ्नो शीर्षस्थान कायमै राखेको छ । आइतबार राति भएको खेलमा लेगानेसलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा शीर्षस्थान कायमै राखेको हो । 

बार्सिलोनाको जितका लागि उसमान डेम्बेले, लुइस स्वारेज र लियोनल मेस्सीले समान एक एक गोल गरे । यस खेलमा टोलीका नियमित कप्तान मेस्सीलाई पहिलो रोजाईमा राखिएको थिएन् । उनी खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।  

पहिलो हाफमा १-० को अग्रता दिलाउन बार्सिलोनाका लागि खेलको ३२औं मिनेटमा उसमान डेम्बेलेले सुरुआती गोल गरे । उनले अर्थुरको पासमा वान टचमै बललाई पोस्टको दिशा दिए । 

खेलको ५७औं मिनेटमा लेगानेसका लागि मार्टिनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर, खेलको ७१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । 

दोस्रो हाफको इन्जुरी समयमा कप्तान मेस्सीले गोल गरेपछि खेल बार्सिलोनालाई ३-१ को जित दिलाए । दुबै टोलीको पहिलो भेटामा लेगानेसले आफ्नो घरमा बार्सिलोनालाई २-१ को परासजतट गरेको थियो । 

यस जितसँगै बार्सिलोनले दोस्रो स्थानको एथलेटिको मड्रिडभन्दा ५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २० खेलबाट ४६ अंक जोड्दा दोस्रो स्थानको एथलेटिकोको ४१ अंक रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।