धनगढी – कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको हो।
घटनाका मुख्य अभियुक्त गोदावारी नगरपालीका २ का विनोद ऐर र वडा नम्बर ३ का डेविड सिंह एैरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनिहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित मन्जु खड्काको डेरामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले जानकारी दिए। प्रहरीले घट्नामा अन्य सहयोगी पनि रहेकाले उनिहरुको खोजी भइरहेको जनाएको छ।
शनिबार अत्तरीयामा चलिरहेको महोत्सव हेरेर फर्किने क्रममा दुई समूहबिच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा गोदावरी नगरपालिका–१ का २० वर्षी अरुण भट्टको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए। प्रहरीका अनुसार घाइते तीनै जना उपचारपछि घर फर्कि सकेका छन्। हत्याको विरोधमा आइतबार अत्तरीया बजार र महोत्सव बन्द गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४