बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद्‍मा भिडन्तको संकेत : यस्तो छ सत्ता र प्रतिपक्षको तयारी

संसद्‍मा भिडन्तको संकेत : यस्तो छ सत्ता र प्रतिपक्षको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- सरकारले जबरजस्ती रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्ने तयारी गरेपछि संसद्मा भिडन्तको संकेत देखिएको छ । 

विद्येयक संशोधन माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि सरकारले सोमबार नै संसोधन नगरि विद्येयक पारित गर्ने तयारी गरेको छ। मध्यान्न बस्ने प्रतिनिधिसभाको बैठकले उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको हो ।

कार्यसूचीअनुसार विधेयक पारित गर्ने रणनीति सत्तापक्षको छ भने प्रमुख प्रतिपक्षी कांग्रेस संसद् बैठक अवरोध गर्ने तयारीमा छ । लामो समयसम्म विद्येयक अड्काएर राख्न नहुने भन्दै सरकारले सोमबार पारित गरि छाड्ने तयारी गरेको छ ।

सत्तापक्ष दलका सांसद योगेश भट्टराईले एउटा ब्यक्तिको अडानले विद्येयक नरोकिने नेपाल समयसँग बताए । उनले कसैको विरोध र अबरोधले विद्येयक नरोकिने समेत स्पष्ट पारे । 

यता विपक्षी दलले भने र सरकारले आफ्नो मुडेबल देखाए ठिक नहुने चेतावनी दिएको छ । आफैले गरेको सहमति लत्याउने र दुईतिहाइको बलमा विद्येयक पारित गर्न खोजे संसद चल्न नदिने कांग्रेसको तयारी छ ।

आजको बैठकमा विद्येयकमाथि छलफल प्रारम्भ हुने भएलगतै रोष्टम घेराउ गर्ने तयारी भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । सरकारले पेल्न खोजे जे पनि हुनेसमेत उनले चेतावनी दिए । 

सरकार र डा. केसीबीच भएको सहमति हुबहु कार्यान्वयन हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ । उसले डा गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषय पनि संसद्मा आवाज उठाउने तयारी गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।