बिहीबार, साउन १४, २०८३

'दुई तिहाईको दम्भले सरकारकाे विवेक नगुमोस'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- नेपाली कांग्रेसका प्रवक्ता एवम् केन्द्रीय सदस्य बिश्वप्रकास शर्माले दुई तिहाईको बहुमत छ भन्दैमा विवेक नगुमाउन सरकारलाई आग्रह गरेका छन् । 

दुईतिहाईको सरकारका पालामा देशमा महंगी भ्रष्टाचार र अशान्ति निकै बढेको भन्दै शर्माले जनताको जनजिविका संग सरकार गम्भिर नभएको आरोपसमेत लगाए । नेपाल प्रेस युनियन कैलालीले सोमबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले वर्तमान सरकार दुई तिहाईको दम्भले विवेक गुमाएर काम गरिरहेको बताए । 

जनताका दैनिक आवश्यकताका बस्तुमा मूल्य आकासिदा पनि सरकार उदासिन बनेको उनको आरोप लगाए । देशमा हत्या बलात्कारका घट्ना घट्नुको सट्टा बढिरहेका छन् शर्माले भने केपीको राम राज्यमा निर्मला पन्तले न्याय पाउनेमा विश्वास छैन । 

प्रवक्ता शर्माले डाक्टर गोविन्द केसीको आन्दोलन गरीबका छोराछोरीले पनि डाक्टर पढ्न पाउन भन्नका लागि रहेको भन्दै सरकार आफैले गरेको सम्झौता लत्याएको आरोप लगाए । मिडियाकर्मीमाथि पनि सरकारको अनाआवाश्यक हस्तक्षेत रहेकोमा उनले दुख व्यक्त गरे । 

नेपाली कांग्रेस आफ्नै घरायसी जीवनलाई ब्यबस्थित गर्ने जिम्मेवारीमा रहेकाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै शर्माले पाटीको महासमिति बैठक पछि पार्टी सशक्त बनेको स्पस्ट पारे । 

महासमिति बैठकले पाटीमा नवीन एकताको सन्देश दिएको उनले बताए । शर्मा कंचनपुरस्थित निर्मला पन्त तथा न्यायको आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई भेट्न त्यसतर्फ लागेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।