सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मालीस्थित राष्ट्रसंघीय शिविरमा आक्रमण हुँदा आठ शान्ति सेनाको निधन

मालीस्थित राष्ट्रसंघीय शिविरमा आक्रमण हुँदा आठ शान्ति सेनाको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
माली- बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा आठ जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ। 

'पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट आठ जना शान्ति योद्धाको निधन भएको छ भने १९ जना घाइते भएका छन्,' राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ। उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। 

आइतबार बिहानै भएको आक्रमण मालीको किडालबाट करिब २०० किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा भएको हो। 

सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।