बिहीबार, साउन १४, २०८३

स‌ंघीयताको सकस : जिल्लालाई गाउँ र नगरले टेरेनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी - कैलाली जिल्लामा अनधिकृत रुपमा बढ्दो प्राकृतिक स्रोतको दोहन रोक्न जिल्ला समन्वय समितिले थालेको प्रयासमा स्थानीय तहरुले असयोग गरेका छन्।
 
अधिकांश नदीनालाबाट प्राकृति स्रोतको अवैध उत्खनन् बढेको विषय चार माध्ययमले उठान गर्न थालेपछि त्यतातर्फ चासो दिएको जिससलाई अधिकांश स्थानीय तहहरुले असहयोग गरेका छन्। सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र रहेका खोलामा उत्खनन गर्न दिइएको अनुमतिको प्रतिलिपि र आइइई रिपोर्टसहित चार किल्लाको विवरण तयार गरी पेस गर्न पत्राचार गरेको जिससले अधिकांश तहबाट विवरण पाउन सकेको छैन। 

पुस २२ गते जिससको समन्वयमा बसेको सर्वपक्षीय बैठकले कैलालीमा अनधिकृत र अवैज्ञानिक तरिकाले भइरहेको नदीजन्य पदार्थको उत्खनन कार्यलाई नियन्त्रण र व्यवस्थित  गर्ने निर्णय गरेको थियो। उक्त बैठकले नदीजन्य पदार्थ उत्खनन गर्न तथा हेभी इक्युपमेन्ट, जेसिबी र स्काइभेटरको प्रयोग पूर्ण रुपमा बन्द गरेर सात दिनभित्र चार किल्लासहितको विवरण पठाउन सबै तहलाई पत्राचार गरेको थियो। 

सात दिनभित्र कुनै विवरण नआएपछि पुन तीन दिन समय थपेर पत्र पठाइए पनि आइतबारसम्म अहिलेसम्म गौरीगंगा नगरपालिका र जानकीनगर गाउँपालिकाले मात्रै विस्तृत विवरण भरेर पठाएको जिसस संयोजक सूर्यबहादुर थापाले जानकारी दिए।     स्थानीय तहलाई कुनकुन स्थानमा के कति परिणाममा कति मापदण्डमा नदीजन्य पदार्थ उत्खनन कार्य गर्न थालिएको छ, सो को विवरण जानकारीका लागि सबै स्थानीय तहलाई निर्देशनात्मक जानकारी पठाइएको उनले बताए। 

थापाले नदीजन्य पदार्थ नियमन तथा अनुगमनका लागि नयाँ कार्यविधि तयार भैसकेकोले सोमबार बस्ने जिससको बैठकबाट उक्त कार्यविधि स्वीकृत गरी सशक्त ढंगले अघि बढ्ने बताए। ‘मंगलबारदेखि नै सबै खोला तथा नदीमा अनुगमन गर्नेछौँ, थापाले भने, ‘गलत भेटिएमा कानुनी कारबाही हुनेछ।’

अवैधानिक तरिकाले वातावरणीय प्रभाव मूल्याङ्कनबिनै स्थानीय तहले नदी तथा खोलामा ठेक्का लगाएर उत्खनन गरिरहेका छन्। जिसस संयोजक थापाले नदी तथा खोलामा उत्खनन गर्न ठेकेदार कम्पनीले जथाभाबी हेभी इक्युपमेन्ट, जेसिबी र स्काइभेटरको प्रयोग गर्ने र घुम्ती क्रसरसमेतको प्रयोग गर्न थालेपछि वातावरणीय सन्तुलन बिग्रने चिन्ता रहेको बताए। 

उनले भने, ‘अवैधानिक तरिकाले भइरहेको नदीजन्य पदार्थ उत्खनन कार्यले भोलिका दिनमा दैविक प्रकोपको समस्या निम्तने खतरा छ। यसलाई समयमै वैज्ञानिक तरिकाले व्यवस्थित गर्न जरुरी छ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।