बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वीट्‍जरल्यान्ड उड्‍नु अघि पाँच नियुक्तिका सिफारिस

स्वीट्‍जरल्यान्ड उड्‍नु अघि पाँच नियुक्तिका सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओली स्वीट्‍जरल्यान्ड उड्‍नु अघि विभिन्न पाँच वटा संवैधानिक आयोगमा अध्यक्ष नियुक्तिको सिफारिस गरेको छ।

प्रधानमन्त्री स्वीट्जरल्याण्ड भ्रमण जानुअघि आइतबार बसेको संवैधानिक परिषद् बैठकले यस्तो सिफारिस गरेको हो।

बैठकले राष्ट्रिय प्राकृतिक तथा वृत आयोगको अध्यक्षका लागि बालानन्द पौडेललाई सिफारिस गरेको छ। त्यस्तै, समावेशी आयोगमा शान्ताराज सुवेदी, मधेशी आयोगमा विजय कुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरेको छ।

आयोगका अन्य सदस्यहरू नियुक्त गरिएका छैनन्। प्रधानमन्त्री ओली केहीबेरमै विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दैछन्।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।