काठमाडौं- थाईल्याण्डमा सम्पन्न महिला टी-२० स्म्यास क्रिकेटमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ।
लामो समय उपाधि बिहिन रहँदै आएको महिला क्रिकेट टोलीले थाईल्याण्डमा सम्पन्न महिला टी-२० स्म्यास क्रीकेटमा आयोजक टोलि थाइल्याण्डसँग पराजित हुदै पुनः उपाधिबाट बन्चित भएको हो। शनिबार भएको फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो।
नेपाल पछिल्लो पटक सन् २००७ मा मलेसियामा भएको एसिसि महिला क्रिकेटको फाइनलमा पुगेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सहभागितामै फाइनल पुगेको नेपाल त्यतिखेर बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
थाइल्याण्डमै हुने आइसिसि ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी स्वरुप थाइल्याण्डले १० टोली सहभागी यस प्रतियोगिताको आयोजना गरेको थियो।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४