आइतबार, चैत १, २०८२

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

 |  मंगलबार, असार ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३, २०८२

National life
Laxmi sunrise bank
kumari

जुम्ला- चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका गए राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। 

सो दुर्घटनामा घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिए। घाइतेहरूको सो प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य  रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jun 17, 2025| 09:29 मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्