टीकापुर – कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतीको हत्या गरी आफै आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुर अनुसार आज बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमती रमा चौधरीको बन्चराे प्रहार गरी हत्या गरी आफूलेसमेत आत्म हत्या गरेका छन्।
श्रीमतीको हत्या पश्चात प्रेमलालले भुण्डिएर आत्महत्या गरेका हुन्। घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिमिल्सेनाले जानकारी दिए।
मृतक दम्पत्तीको १ नाबालक छोरा घरमै रहेको र अर्का एक छोरा गाउँमा घरबाहीर रहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४