आइतबार, चैत १, २०८२

रवि लामिछानेविरुद्ध अर्को मुद्दा दर्ता, पाँच करोड बिगो

 |  आइतबार, असार १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार १, २०८२

काठमाडौं- वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी सहित मुद्दा दर्ता भएको छ।

National life

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो।

लामिछाने अहिले रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।

लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको छ। यो सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ।

यसअघि प्रहरीले १४ वैशाखमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा आज मुद्दा दायर भएको हो।

Laxmi sunrise bank
kumari

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन्। तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो।

सहकारीले ऐनविपरित सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ।

यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ।

प्रकाशित: Jun 15, 2025| 19:03 आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्