सोमबार, असार २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रास्वपा बेल घेराउ गर्दै नाराबाजीमा, राप्रपा उठेर विरोधमा, पेलेर अघि बढे सभामुख [LIVE]

रास्वपा बेल घेराउ गर्दै नाराबाजीमा, राप्रपा उठेर विरोधमा, पेलेर अघि बढे सभामुख [LIVE]

 |  आइतबार, असार १, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १, २०८२

vianetvianet

प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले बेल घेरेर विरोध सुरु गरेका छन् ।

सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी जारी राखेका छन् । सभामुखले भने बैठकको नियमित कारबाही अघि बढाएका छन्।

प्रकाशित: Jun 15, 2025| 13:12 आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्