शुक्रबार, असार ५, २०८३

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध निर्माण

 |  शुक्रबार, जेठ ३०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०८२

बाँके- राप्ती सोनारी गाउँपालिका-९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ।

National life

झिझरी खोलाको बाढीले गर्ने डुबान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुंगे पुल नजिकै तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख आशिष विकले जानकारी दिए।

प्रदेश सरकारको ३५ लाख ६२ हजार रूपैयाँ बजेटमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयद्वारा झिझरी खोला झोलुंगे पुल नजिकै तटबन्ध निर्माण भएको हो।

तटबन्ध निर्माणपछि झिझरी खोलाको कटान र डुबानबाट बस्ती जोगिने राप्ती सोनारी गाउँपालिका-९ तल्लो महादेवा निवासी हेम चापागाईँले बताए।

यसैबीच, झिझरी खोलामा पक्की पुल नहुँदा वर्षा याममा साना सवारी आवागमन ठप्प हुने भएकाले महादेवा गाउँका बासिन्दालाई कठिन हुने गरेको छ। रासस

Shivam cement

प्रकाशित: Jun 13, 2025| 15:01 शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्