काठमाडौं- एयर इन्डियाको अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ बिहिबार दिउँसो दुर्घटनाग्रस्त भएको छ। सो दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ।
बोइङ ७८७-८ सिरिजको १२ वर्ष पुरानो यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट २ सय ३० यात्रु र १२ जना चालक दलका सदस्यसहित उडेको थियो। उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो।
विमानमा सवार कुल २ सय ४२ जनामध्ये २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले एक्समार्फत जनाएको छ। एक जना बेलायती मूलका भारतीय नागरिक मात्रै जीवित रहेको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ।