शुक्रबार, असार ५, २०८३

भयानक विमान दुर्घटनामा बाँचेका कुमारले के भने ?

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

बिहीबार गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। चाखलाग्दो कुरा त उनी मजाले कुरा गर्न सक्छन्।

National life

अहमदाबादको असारवास्थित सिभिल अस्पतालमा उपचार गराइरहेका उनले दुर्घटनाबारे बताएका छन्। उनी हुन् ४० वर्षीय विश्वास कुमार। उनसले आफू विमान दुर्घटनाबाट बाँच्न सफल भएको बताएका छन्। उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ।

‘टेकअफ भएको ३० सेकेन्डमै ठुलो आवाज आयो अनि विमान दुर्घटना भयो। सबै कुरा एक्कासी भयो,’ विश्वासले हिन्दुस्तान टाइम्सलाई बताएका छन्। 

विश्वास बेलायती नागरिक हुन्। उनी केही दिनका लागि आफ्नो परिवार भेट्न भारत आएका थिए र आफ्ना दाजु अजय कुमारसँगै बेलायत फर्किँदै थिए।

उनले आफूसँग रहेको बोर्डिङ पास पनि देखाएका छन्। उनले हिन्दुस्तान टाइम्सलाई भने, ‘जब म उठेँ, मेरो वरिपरि शवहरू थिए। म डराएँ। म उठेँ र दौडिएँ। वरिपरि जहाजका टुक्राहरू थिए। कसैले मलाई समातेर एम्बुलेन्समा हाल्यो र अस्पताल ल्यायो।’

Shivam cement

विश्वासले आफू २० वर्षदेखि लण्डनमा बस्दै आएको बताएका छन्। उनकी पत्नी र सन्तान पनि लण्डनमै बस्छन्। विश्वासका अनुसार उनका दाजु अजय विमानको अर्को लाइनमा बसेका थिए। ‘उहाँ मेरो साथमै यात्रा गर्दै हुनुहुन्थ्यो, तर अहिले म उहाँलाई फेला पार्न सकेको छैन। कृपया मलाई उहाँलाई खोज्न मद्दत गर्नुहोस्,’ विश्वासले भने।

दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको पनि ज्यान गएको छ। रुपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए ।

बेलायतको ग्याटविकतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा चालक दलका सदस्यहरूसहित २४२ जना सवार थिए। विमान बिहीबार दिउँसो १:३९ बजे उडेको थियो र केही मिनेटमै दुर्घटना भएको थियो।
 

प्रकाशित: Jun 12, 2025| 20:36 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्