आइतबार, मंसिर २८, २०८२

लामो दूरीका लागि ख्याति कमाएको विमान कसरी भयो दुर्घटना ?

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको ईन्धन–कुशल, वाइड–बडी भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको गौरव हो ।

National life

सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेपछि विश्वका ८० भन्दा बढी एयरलाइन्सले दुईहजार ५९८ वटा जहाजअर्डर गरिसकेका छन् भने ८८९ वटा अझै डेलिभरीको पर्खाइमा छन् ।

यसको ईन्धन–कुशल, वाइड–बडी र हल्का संरचनाका लागि विमानको माग विश्वभर लोकप्रिय मानिन्छ । यसले पुरानो, सोही आकारको यात्री विमानहरूले भन्दा लामो दूरीमा २० प्रतिशत कम ईन्धन खर्च गर्ने कम्पनीले दावी गरेको छ । 

यो ‘पोइन्ट–टू–पोइन्ट’ सेवाहरूको लागि प्रयोग गर्न सकिन्छ, यसको अर्थ यो भारी विमानद्वारा प्रयोग गरिएको ‘हब’ प्रणालीमा निर्भर हुनुको सट्टा गन्तव्यमा सीधा उडान गर्न सक्छ।
 
बोइङका अनुसार ७८७ को प्रयोगले १८० वटा ’पोइन्ट टु पोइन्ट’ रुट खोलेको छ।

हाल ७८७ को तीन संस्करणहरू छन् । बोइङको ७८७–८ले १३,५३० किलोमिटर (८,४०० माइल) सम्मको दूरीमा २४८ यात्रुहरू बोक्न सक्छ भने ७८७–९ ले १४,०१० किलोमिटर सम्म २९६ यात्रुहरू बोक्छ र ७८७–१० ले ११,९१० किलोमिटरसम्म ३३० यात्रुहरूलाई बोक्न सक्छ । 

Laxmi sunrise bank
kumari

भारतको अहमदाबादमा २४२ यात्रु र चालक दलका सदस्य लिएर उडेको बिहीबार दुर्घटनाग्रस्त विमान ७८७–८ संस्करण थियो । उक्त विमान लण्डनका लागि उडेको थियो तर पश्चिमी भारतीय शहर अहमदावादबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।
 
बोइङले विमान दुर्घटनाबारे आफू जानकार रहेको र थप जानकारी सङ्कलनका लागि काम गरिरहेको जनाएको छ । यो ७८७ ड्रिमलाइनरको पहिलो घातक दुर्घटना थियो।
 
सन् २०२१ देखि २०२३ को बीचमा बोइङको विमानको कार्यक्रमले पटक–पटक र महँगो ‘डेलिभरी सस्पेन्सन’ लगायत थुप्रै असफलता भोगेको थियो।

अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उत्पादन लाइनहरूमा गुणस्तर आश्वासन जाँच र निरीक्षणलाई सुदृढ पार्न काम सकिसकेको छ । 

यसै वर्षको अप्रिलमा एफएएले बोइङलाई एक महिनामा सातवटा विमान बनाउनका लागि आफ्नो उत्पादन गति बढाउन अनुमति दिएको थियो।

बिक्रीको मामिलामा बोइङले व्यापक कठिनाईहरूको सामना गरिरहेको छ। बेइजिङबाट सकारात्मक सङ्केत आएपनि एक महिना अघि वाशिङ्टनले सुरु गरेको व्यापार युद्धका कारण चिनियाँ एयरलाइन्सलाई कम्पनीसँग काम गर्न अस्थायी रूपमा रोक लगाएपछि निर्माताले मे महिनामा चीनलाई कुनै पनि विमान आपूर्ति गरेको छैन । 
 

प्रकाशित: Jun 12, 2025| 20:10 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्