शुक्रबार, जेठ ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको आशंका

विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको आशंका

 |  बिहीबार, जेठ २९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

vianetvianet

भारतको अहमदाबादबाट बिहीबार दिउँसो लण्डनका लागि उडेको एयर इण्डियाको विमान आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

अहमदाबाद शहरका प्रहरी आयुक्त जीएस मलिकलाई उद्धृत गर्दै एएफपीले भनेको छ, ‘दुर्घटनामा कोही पनि बाँच्न सफल भएको जस्तो देखिएको छैन। विमान आवासीय र केही कार्यालय भएको क्षेत्रमा खसेकाले हताहत हुनेको संख्या अझ बढी हुन सक्छ।’

उनले यस्तो बताए पनि कति मानिसको मृत्यु भयो भन्ने यकिन तथ्यांक बाहिर आएको छैन। एक यात्रुको जीवितै उद्धार गरिएको विवरणहरु प्राप्त भएका छन्।

विमानमा कुल २४२ जना सवार रहेकोमा दुई चालकसहित चालक दलका १० सदस्य र बाँकी यात्रु छन्। 
 

प्रकाशित: Jun 12, 2025| 19:35 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्