शुक्रबार, जेठ ३०, २०८२

विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

 |  बिहीबार, जेठ २९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

vianetvianet

भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ। 

विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए।

बीबीसी गुजरातीका सह-पत्रकार भार्गव पारिखले अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकसँग कुरा गरेका थिए, जसमा उनले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका थिए।

 प्रहरी आयुक्तले भने, "केही जीवित हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं। ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ र राहत तथा उद्धार कार्य जारी छ।

प्रकाशित: Jun 12, 2025| 18:54 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्