आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एयर इण्डिया विमान दुर्घटना: १३३ यात्रुको शव संकलन, उद्धार जारी

एयर इण्डिया विमान दुर्घटना: १३३ यात्रुको शव संकलन, उद्धार जारी

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

भारतमा २४२ जना सवार एयर इण्डियाको विमान दुर्घटना भएको छ। अहमदाबादको सरदार बल्लबभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार दिउँसो १:३८ बजे उडान भरेको विमान मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटना भएको हो।

National life

उड्नेबित्तिकै उचाइ लिन नसक्दा विमान दुई मिनेटमै दुर्घटनामा परेको भारतीय मिडियाले जनाएका छन्। विमान विस्तारै झर्दैझर्दै एउटा घरमाथि खसेको थियो। सो घर मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने आवासीय भवन रहेको बताइएको छ। घटनामा १५ जना डाक्टर पनि घाइते भएका छन्। 

विमान आवासीय भवनमा खसेकाले यात्रुमात्र नभई अरु पनि हताहत भएको पनि अनुमान गरिएको छ। भारतीय अधिकारीहरूले विमानमा सवार रहेका २४२ जनामध्ये जीवित भेटिने सम्भावना न्यून रहेको बताएका छन्। एयर इण्डियाका अध्ययक्षले पनि यस्तै आशयको अभिव्यक्ति दिएका छन्। 

विमानमा १५९ जना भारतीय, ५३ जना बेलायती, एक क्यानाडेली र सात जना पोर्चुगलका यात्रु सवार थिए। बेलायतका राजा चार्ल्स तृतीयले दुर्घटनाको अपडेट लिइरहेको बकिंघम प्यालेसले विज्ञप्ति जारी गरेर बताएको छ।

विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजयी रूपाणी पनि सवार रहेको बताइएको छ। उनी छोरी भेट्न बेलायत जान लागेका थिए। दुर्घटनापछि सरदार बल्लबभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

Laxmi sunrise bank
kumari

दुर्घटनास्थलमा खोजी र उद्धारकार्य जारी छ। अहिलेसम्म १३३ जनाको शव संकलन गरेर त्यहाँको सरकारी अस्पताल लगिएको छ। 

अस्पतालमा मृतकका आफन्तहरूको भीड बढेको छ। मृतकहरुको पहिचान हुन नसक्ने गरी शव जलेको भनिएको छ। डिएनए टेस्ट गरेर मात्रे शवको पहिचान हुनेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह घटनास्थल जाँदैछन्। गुजरात दुवैको गृहराज्य हो।

एयर इन्डियाले दुर्घटनापछि सामाजिक सञ्जालमा आफ्नो प्रोफाइल ब्ल्याकआउट गरेको छ। 
 

प्रकाशित: Jun 12, 2025| 17:28 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्