आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुई टुक्रा भयो एयर इण्डियाको विमान, यात्रु बाँच्ने सम्भावना कम

दुई टुक्रा भयो एयर इण्डियाको विमान, यात्रु बाँच्ने सम्भावना कम

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

उडान भरेको केही समयपछि नै एयर इन्डियाको यात्रुवाहक विमान अहमदाबादको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। विमानमा २३२ यात्रु र १० चालक दलका सदस्यसहित २४२ जना सवार थिए।

National life

अहिलेसम्म मृत्यु हुनेको संख्याको बारेमा कुनै जानकारी प्राप्त भएको छैन। अहमदाबाद विमानस्थलको टर्मिनल-१ प्रबन्धकले बीबीसी हिन्दीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर बाक्लो धुवाँ देखिएको थियो, त्यसपछि सम्पूर्ण टोलीलाई अनुसन्धानका लागि घटनास्थल पठाइएको छ।

विमानभित्र रहेका यात्रु र चालक दलका सदस्य जीवितै रहने सम्भावना कम रहेको उद्धारकर्मी र सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन्। लण्डन उड्ने क्रममा टेकअफ लिएको केहीबेरमै आकासमै आगो लागेको विमान जमिनमा पुग्दा एकै डल्लो भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् । विमान केही पर पुगेर आकाशमै आगो लागेको देखिन्छ।

विमानमा सवार यात्रुको उद्धार गरेर अस्पताल लगिरहेको दृष्य देखाइए पनि हताहतीबारे अहिलेसम्म त्यहाँका अधिकारीले केही बताएका छैनन् । अधिकांशको जीवित उद्दार गर्न नसकिएको बताइएको छ।

यसैबीच एयर इण्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्वीटर एकाउन्टमार्फत एयर इण्डियाको उडान नम्बर १७१ को विमान दुर्घटनाग्रस्त भएको र यो भयावह दुर्घटनाबाट प्रभावित सबै परिवार र प्रियजनलाई कम्पनीको तर्फबाट गहिरो समवेदना रहेको बताएका छन् । उनले पहिलो प्राथमिकता विमानमा सवार यात्रुका पविरालाई सहायता उपलब्ध गराउनु रहेको बताएका छन् ।

Laxmi sunrise bank
kumari

अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । यसअघि सन् १९८८ पनि यहि विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको ज्यान गएको थियो ।
 

प्रकाशित: Jun 12, 2025| 17:15 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्