आइतबार, पुस १३, २०८२

दुर्घटनाग्रस्त विमानमा कति थिए यात्रु ?

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

काठमाडौं- भारतमा बिहीबार दिउँसो विमान दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव निकालिएको छ र उद्धार जारी छ।

National life

एयर इण्डियाको सो विमानले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १:३८ बजे बेलायतका लागि उडान भरेको थियो। जहाज टेकअफ गर्नेबित्तिकै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय नागरिक उड्डयन निर्देशनालय (डीजी) का प्रमुख फैज किदवाईले बीबीसी हिन्दीलाई दिएको जानकारीअनुसार अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलको लागि उडान भरेको बी ७८७ ड्रीमलाइनर विमान त्यहाँको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। विमान दिउँसो १:३८ बजे उडेको थियो र उडान भरेको पाँच मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। 

विमानका मुख्य पाइलट सुमित सभरवाल थिए र सह-पाइलट क्लाइभ कुन्दर थिए। विमानमा २३० वयस्क यात्रु, दुई नवजात शिशु र १० चालक दलका सदस्य थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 12, 2025| 15:45 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्