काठमाडौं- भारतमा बिहीबार दिउँसो विमान दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव निकालिएको छ र उद्धार जारी छ।
एयर इण्डियाको सो विमानले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १:३८ बजे बेलायतका लागि उडान भरेको थियो। जहाज टेकअफ गर्नेबित्तिकै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।