आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारतीय सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

भारतीय सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

 |  बिहीबार, जेठ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०८२

चितवन- व्यवसायीक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन्। माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो। बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा ५५ रुपैयाँ हाराहारी खर्च हुने व्यवसायीहरु बताउँछन्।

National life

झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा १५/२० रुपैयाँमा चल्ला बेच्न बाध्य भएको जनाएका छन्। कतिपयले चल्ला बिक्री गर्नै नसकेको गुनासो गरेका छन्। नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न ५५ रुपैयाँ खर्च हुन्छ।

निरन्तर लागत मूल्यभन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरी उद्योगीहरु बैंकिङ ऋण थपेर चल्न बाध्य भएको उनले बताए। उपाध्यक्ष पोखरेलका अनुसार चल्लाको उत्पादन बढेको, भारतीय चल्लाको मूल्य घटेको, मासुको मूल्य कम भएको कारण चल्लाको पनि मूल्य घटेको हो।

एक सातामा २५ लाख गोटा हाराहारी चल्ला उत्पादन हुँदै आएकोमा यो संख्या बढेर ३५ लाख नाघेको छ। भारतीय क्षेत्रबाट निर्वाध रुपमा चल्ला भित्रिएको व्यवसायी बताउँछन्। नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने अहिले राखिएका चल्लाको उत्पादन साउनमा हुने र त्यतिबेला मासुको खपत कम हुने भएकाले किसान चल्ला राख्न डराएका छन्।

बढ्दो गर्मी, खेतीको मौसम, रोगको जोखिम आदि कारणले किसानले चल्ला नराख्दा बिक्री हुन नसकेको उनी बताउँछन्। उनका अनुसार प्रति गोटा एक सय ३० रुपैयाँ खर्च हुने लेयर्स कुखुराको चल्ला पनि एक सयको हाराहारीमा बेच्नु परेको छ। २१ दिन पहिला ह्याचरीमा चल्ला राख्नुपर्ने हुँदा बिक्री नभए पनि नियमित चल्ला उत्पादन गर्नुपर्ने हुन्छ।

Laxmi sunrise bank
kumari

नेपालका ह्याचरी उद्योगहरु हरेक हप्ताको आइतबार र मंगलबार ह्याचरीबाट चल्ला निकाल्ने गर्दछन्। नेपालमा एक सय १८  ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन्। कोभिड अघिसम्म देशभरमा बोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए। यस्तै १४  लेयर्स ह्याचरी रहेका थिए।

त्यतिबेला एक सातामा बोइलर चल्ला ५५ लाख उत्पादन हुन्थ्ये। लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ। चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको ब्याज, कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनुलगायतका कारण यहाँका ह्याचरी उद्योग विस्थापित हुँदै गएका छन्। रासस 

प्रकाशित: Jun 12, 2025| 19:01 बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्