काठमाडौं- हाल देशका विभिन्न स्थानहरुमा मेघ गर्जन तथा चट्याङ सहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सो वर्षा गराउने प्रणाली दक्षिण-पश्चिमतर्फ सर्दै गइरहेको र बदलीको क्रम बढ्दै बाँकी स्थानमा समेत वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु विभागले अनुरोध गरेको छ।
कोसी र वाग्मती प्रदेशका केही स्थानहरूमा विगत तीन घण्टादेखि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। एक-दुई स्थानमा भारी वर्षा मापन भएको विभागले जनाएको छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको र बाँकी स्थानमा बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।