बुधबार, चैत २५, २०८२

काभानी र एमबाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पिएसजी)का टोलीका तीन वटै फरवार्ड चम्किँदा गुइग्याम्पमाथि फराकिलो अनतरले जित निकोको छ । शनिबार राति भएको खेलमा पिएसजीले गुइग्याम्पलाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । 

पिएसजीको जितका लागि युवा स्टार केलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गर्दा नेयमारले २ गोल तथा थोमस म्युनियरले १ गोल गरे । घरेलु मैदानमा भएको खेलमा पिएसजीले सुरुवाती समय देखीनै पकड जमाएको थियो । 

खेलको ११औं मिनेटमा नेयमारको गोल मार्फत सुरुवाती अग्रता लिएको पिएसजीले ३७औं मिनेटमा एमबाप्पेले गोलमार्फत अग्रता दोब्बर पार्यो । पहिलो हाफको अन्तिम समयमा एमबाप्पेले व्यक्तीगत दोस्रो गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता बनाए । 

दोस्रो हाफमा थप ६ गोल गर्दा काभानी र एमबाप्पेले ह्याट्रिक पुरा गरे । काभानीले ५९औं र ६६औं मिनेटमा गोल गरे भने ६८औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दा ३ जनै खेलाडीले समान २-२ गोल गरे । 

त्यसपछि खेलको ७५औं मिनेटमा काभानीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यस्तै एम्बाप्पेले ८०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ७६औं मिनेटमा मैदान छिरेका डिफेन्डर म्युनियरले ८९औं मिनेटमा पिएसजीका लागि नवौं गोल गरेपछि खेल पिएसजीले ९-० ले जित्यो । 

लिगका १९ खेल खेल्दै अपराजित रहेको पिएसजीको ५३ अंक छ । जुन दोस्रो स्थानको क्लब भन्दा १३ अकं बडी हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।