शुक्रबार, असार ५, २०८३

समाचार हटाउने आदेश सच्याउन अदालतलाई पत्रकार महासंघको आग्रह

 |  बुधबार, जेठ २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०८२
National life
Shivam cement

काठमाडौं– नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंलाई समाचार हटाउन दिइएको आदेश सच्याउन आग्रह गरेको छ।

यदि आदेश नसच्याए अन्य जुनकुनै कार्यक्रम गर्न महासंघ बाध्य हुने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘महासंघ उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पार्दछ’, विज्ञप्तिमा भनिएको छ।

मंगलबार अदालतले नेपाल खबर र बिजमान्डुमा प्रकाशित समाचार हटाउन अल्पकालीन आदेश गरेको थियो। उक्त आन्देशप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघले संविधानको मर्म विपरीतको आदेश सच्याउन आग्रह गरेको छ।
 

प्रकाशित: Jun 11, 2025| 15:01 बुधबार, जेठ २८, २०८२
प्रतिक्रिया दिनुहोस्