शनिबार, असोज १०, २०८३

सुनको भाउ १३ सय बढ्यो

 |  बुधबार, जेठ २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०८२

काठमाडौं- मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा एक हजार तीन सय बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन एक लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसैगरी चाँदी एक तोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित: Jun 11, 2025| 11:26 बुधबार, जेठ २८, २०८२
प्रतिक्रिया दिनुहोस्