आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • संवैधानिक अंगका पदाधिकारी नियुक्तिबारे सर्वोच्चले आज निर्णय सुनाउने

संवैधानिक अंगका पदाधिकारी नियुक्तिबारे सर्वोच्चले आज निर्णय सुनाउने

 |  बुधबार, जेठ २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०८२

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक अंगका ५२ जना पदाधिकारीको नियुक्ति विवादमा आज निर्णय सुनाउने भएको छ। 

National life

जेठ १ गते सुनुवाइ सकेको संवैधानिक इजलासले त्यही दिन आजका लागि निर्णय सुनाउने दिन तोकेको थियो। माघ ३० गते सुरु भएको सुनुवाइ जेठ १ गते सकिएको थियो। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्।

चार वर्षअघि केपी ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएको थियो। नियुक्ति गैरकानुनी रहेको दाबी गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए। यसैगरी अरू १४ वटा निवेदन यही विषयमा परेका थिए। सबै निवेदन एकसाथ राखी सुनुवाइ भएको हो।

प्रकाशित: Jun 11, 2025| 09:38 बुधबार, जेठ २८, २०८२
प्रतिक्रिया दिनुहोस्