एजेन्सी- शनिबार राति भएको इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई पराजित गर्दै शीर्गा स्थान कायमै राखेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटियको लिभरपुलले प्यालेसलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
यस जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ७ अंकाको अग्रता बनाएको छ । तर, सिटीले एक खेल कम खेलेको छ । लिभरपुलको जितका लागि मोहमद सलाहले दुई तथा रोबर्टो फिर्मिन्हो र साडियो मानेले समान एक एक गोल गरे ।
यता क्रिष्टलका लागि एन्ड्रोस टाउनसेन्ड, जेम्स टोनकिन्स र म्याक्स मेयरले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने प्याालेसले लिएको थियो । खेलको ३४ औ मिनेटमा टाउनसेन्डको गोलमार्फत लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा क्रिष्टल लिभरपुलसँग पराजित हुन पुग्यो ।
खेलको ४६ औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा फर्काए । ५३ औ मिनेटमा फिर्मिन्होले गोल गरेपछि लिभरपुल २-१ ले अघि रह्यो । क्रिष्टलका जेम्सले ६५ औ मिनेटमा गोल गर्दौ खेल २-२ को बराबरी मा ल्याए ।
खेलको ७५ औ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-२ को अग्रता दिलाए । ८९ औ मिनेटमा जेम्स मिल्नरले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ९० औ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ४-२ को अग्रता दिलाए । लगत्तै खेलको इन्जुरी समयमा क्रिष्टलका मेयरले गोल एक गोल गरेपनि लिभरपुलले खेल ४-३ ले जित्योे । लिभरपुलले २३ खेलबाट ६० अंक जोडेको छ । पराजित क्रिष्टल २२ अंकसहित १४ औ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४