शनिबार, असोज १०, २०८३

मधेशका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 |  मंगलबार, जेठ २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०८२

काठमाडौं- भवन निर्माणमा अनियमितता गरेको आरोपमा सत्तारुढ नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन्। उनी मधेश प्रदेश सभामा एमाले संसदीय दलका उपनेता पनि छन्।

भ्रष्टाचारको मुद्दा लागेसँगै उनको सांसद पद निलम्बनमा परेको छ।

प्रकाशित: Jun 10, 2025| 17:21 मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्