बिहीबार, साउन १४, २०८३

खुकुरी प्रहार गरी युवकको हत्या           

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी – कैलालीको अत्तरीयामा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ। गोदावरी नगरपालिका १  बनखेत बस्ने अन्दाजी १८–१९ वर्षीय अरुण भट्टको हत्या भएको हो। 

स्थानीयले दिएको जानकारी अनुसार वडा नम्बर २ को नर्शरीमा फालेको अवस्थामा भट्टलाई बोकेर केही युवाहरुले अत्तरियाको पद्मा अस्पताल पुर्याएका थिए। त्यहा उपचार हुन नसकेपछि धनगढी स्थित  सेती अञ्चल अस्पताल पठाइएकोमा बाटैमा उनको ज्यान गएको एम्बुलेन्स चालकले जानकारी दिए। प्रहरीले शव अस्पताल रहेको र के भएको भन्मे बारे अनुसन्धान भैरहेको जानकारी दिएको छ। 

भट्टको छाती, टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। अत्तरीयास्थित दुर्गालक्ष्मी नमुना माविमा कक्षा १२ मा अध्ययनरत भट्ट र्‍याप गायक पनि रहेको उनलाई चिन्नेहरु बताउछन्। खुकुरी कसले के कारणले प्रहार गर्यो भन्मे बारे खुलेको छैन। अत्तरीया महोत्सव सञ्चालन भैरहेको स्थान नजिकै घट्ना भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।