आइतबार, पुस १३, २०८२

झन् बढ्दै गर्मी, आज कति पुग्ला तापक्रम ?

 |  मंगलबार, जेठ २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०८२

काठमाडौं- सोमबारको तुलनामा मंगलबार झन् बढी गर्मी हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

National life

सोमबार देशभरको तापक्रम बढेर निकै गर्मी भएको थियो। नेपालगञ्जको अधिकतमक तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो। काठमाडौंको अधिकतमत तापक्रम ३१.६ डिग्री पुगेको थियो। त्यस्तै धनगढीको ४०.२, भैरहवाको ४०.० डिग्री सेल्सियस पुगेको थियो। 

विभागका अनुसार आज नेपालगञ्जको अधिकतम तापक्रम ३९–४१, भैरहवाका ३९–४१, धनगढीको ३९–४१, दाङको ३९–४१, विराटनगरको ३६–३८, दिपायलको ३७–३९, घोराहीको ३५–३७, वीरगञ्जको ३६–३८, धरानको ३५–३७, सिमराको ३६–३८ ४०.० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

बुधबारदेखि भने तापक्रम घट्ने अनुमान छ। बिहीबारदेखि देशका अधिकांश स्थानमा वर्षाको समेत सम्भावना रहेको छ।
 

प्रकाशित: Jun 10, 2025| 07:57 मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्