आइतबार, पुस १३, २०८२

काठमाडौंको तापक्रम ३१ डिग्री नाघ्यो, सबैभन्दा बढी कहाँ ?

 |  सोमबार, जेठ २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०८२

काठमाडौं- मनसुन सक्रिय भइसके पनि वर्षा नहुँदा देशभर गर्मी बढेको छ। विशेषगरी तराईमा गर्मीका कारण जनजीवन कष्टकर बनेको छ।

National life

तुलनात्मक रुपमा कम गर्मी हुने काठमाडौंमा समेत निकै गर्मी महसुस भइरहेको छ। गर्मीका कारण दिउँसोको समयमा बाहिर निस्कन सकस परेको छ। 

तराईका कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। काठमाडौंको तापक्रम आज ३१ डिग्री नाघेको छ। सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले सोमबार सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४१ डिग्री सेल्सियस पुगेको छ। धनगढीको ४०.२, भैरहवाको ४०, दिपायलको ३७.५, सिमराको ३७.५, विराटनगरको ३७, जनकपुरको ३६.८, चन्द्रगढीको ३६.३, वीरेन्द्रनगरको ३६.२ र घोराहीको अधिकतम तापक्रम ३५.९ डिग्री सेल्सियस मापन गरिएको छ।
 

प्रकाशित: Jun 09, 2025| 19:56 सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्