आइतबार, पुस १३, २०८२

भीमदत्तमा नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने

 |  सोमबार, जेठ २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०८२

National life
Laxmi sunrise bank
kumari

कञ्चनपुर- भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ संकलन, उत्खनन बन्द गरिने भएको छ। जेठ मसान्तपछि नदीजन्य पदार्थ, संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङगा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ।
 
'सोही कानूनी व्यवस्थाअनुसार नदीजन्य पदार्थ संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो', उनले भने, 'उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, संकलनको कार्य गरेको पाइए प्रचलित कानूनअनुसार हदैसम्मको कारबाही हुने छ।'

नगरपालिका क्षेत्रमा महाकाली नदी, चुरे क्षेत्रका खोलाबाट नदीजन्य पदार्थ संकलन र उत्खनन हुने गर्छ। रासस

प्रकाशित: Jun 09, 2025| 18:01 सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्