आइतबार, पुस १३, २०८२

बीपी क्यान्सर अस्पतालमा अब दुइटा फार्मेसी

 |  सोमबार, जेठ २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०८२

चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ। यस अघि दुई वटा फार्मेसी सञ्चालन हुँदै आएको थियो।  बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ। 

National life

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो। भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन्। डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए। 

उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ,भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ। 

डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ।  भर्ना नभइ केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उनले जानकारी दिए।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने  बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताए। 

Laxmi sunrise bank
kumari

छिट्टै शल्यक्रिया कक्ष  र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उनले बताए। रासस

प्रकाशित: Jun 09, 2025| 17:31 सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्