काठमाडौं- आज माघ ५ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
मःम, सेकुवा, ससेज, चाउमिन, स्टिक फुड, पानीपुरी, चटपटे, लाफिङजस्ता खानेकुरा धेरैलाई मन पर्छ। महँगो र ‘सर्भिस चार्ज’ पनि लिने भएकाले सामान्य आर्थिक अवस्था भएका व्यक्तिहरु रेस्टुरेन्ट जान रुचाउँदैनन्। त्यसैले सहरका चोक, गल्ली र सपिङ मल परिसरमा विभिन्न प्रकारका स्ट्रिट फुडको व्यापार बढेको छ।
रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सचिवमाथि झापड चलाउने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन्। हुकुमी व्यवहार प्रदर्शन गर्दै लोकतन्त्रको खिल्ली उडाउने मन्त्रीमाथि कारबाही हुनुपर्ने खाणले बताएका छन्।
महेशविक्रम शाह भन्नेबित्तिकै धेरैले कुशल साहित्यकार भनेर चिन्छन्। त्यतिमात्र होइन शाहको थप परिचय पनि छ– कुशल राष्ट्र सेवक। प्रहरी नायब महानिरीक्षक (डिआइजी) शाह कर्णाली प्रदेशका प्रहरी प्रमुख हुन्। शाहको ‘छापामारको छोरो’ कथा संग्रहले २०६३ सालको मदन पुरस्कार पाएको थियो।
मधेश आन्दोलनका शहीदको सम्मानमा शनिबार बलिदानी दिवस मनाइएको छ। प्रत्येक वर्ष माघ ५ गते मधेश केन्द्रीत दलले बलिदानी दिवस मनाउँदै आएका छन्। पहिलो मधेश आन्दोलनका क्रममा २०६६ माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागि निधन भएको स्मरणमा प्रत्येक वर्ष बलिदानी दिवस मनाउने गरिएको छ। महतो मधेश आन्दोलनका पहिलो शहीद हुन्।
सोलिडारिटी फर डा. केसी अलायन्सले अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ। मातीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।
लामो समय उपाधि बिहिन रहदै आएको महिला क्रिकेट टोलीले थाईल्याण्डमा सम्पन्न महिला टी-२० स्म्यास क्रीकेटमा आयोजक टोलि थाइल्याण्डसँग पराजित हुदँ पुनः उपाधिबाट बन्चित भएको छ। शनिबार भएको फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाईडबडी विमान खरिद प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल, शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै दोषी रहेको बताएका छन्।
मधेश केन्द्रीत दलहरुले बलिदानी दिवस मनाइरहेको बेला राजपा निकट राष्ट्रिय विद्यार्थी संघ परित्याग गरी जनकपुरका नगर उपसभापतिसहित दर्जनौं विद्यार्थीहरु कांग्रेस निकट नेपाल विद्यार्थी संघमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसकै इतिहासमा जिल्लास्तरको सबैभन्दा बृहत् प्रशिक्षण कार्यक्रम शनिबारबाट सुरु भएको छ। नेपाली कांग्रेस कैलालीको आयोजनामा भएको प्रशिक्षण आइतबारसम्म चल्ने छ। प्रशिक्षणमा स्थानीय तह, प्रदेश र संघीय संसदमा महिला सहभागीता र सुशासनका बिषयमा डा आरजु राणा देउवाले प्रशिक्षण दिइरहेकी छिन्।
अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन्। मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
करेन्ट लागेर जनकपुरमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा जिल्ला विष्णुपुर घरभइ जनकपुरधाम उपमहानगरपालिका–४ कदम चोक बस्ने २७ वर्षीय जगन्नाथ साह र धनुषाको मिथिला विहारी नगरपालिका –३ बस्ने २८ वर्षीय परमेश्वर मण्डल रहेका छन्।
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई गाडीमा आगजनी गरेका छन्।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँके जंगल खण्डमा रोकि राखेको रात्रीबसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।
बाघमारेकी-४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन्। उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन्। विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे।
माघ २० गते प्रदेश १ को दोश्रो हिँउदे अधिवेशन सुरु हुनेभएसँगै स्थायी राजधानीको बहस तातेको छ। नामाकरणको बहस गुमनाम भइरहँदा स्थायी राजधानीको बहस भने सडकमै पोखिएको छ।
पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ। बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ।
रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन्।
शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरीद बिक्री भएका छन्।
राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड लागेको छ। शुक्रबारदेखि सुरु भएको एक्स्पोमा शनिबार विदाको दिन भएकाले अवलोकनकर्ताको उपस्थिती बाक्लो थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४