काठमाडौं– आउँदो आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघले सूचना जारी गर्दै खेल पक्का भएको जानकारी दिएको हो। ‘आईसीसी विश्वकप लिग २ अघि नेपालले ओमनसँग दुई एकदिवसीय खेल खेल्नेछ,’ क्यानले सूचनामा लेखेको छ, ‘नेपाले ती खेल ओमनमा पपुवा न्युगिनीसँग खेल्न लागेको हो।’
नेपालले विश्वकप लिग २ अन्तर्गत ओमनमा नेपाल अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक शृंखला खेल्दैछ। सो शृंखलाको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्न लागेको हो।
पपुवा न्युगिनीसँगको खेल आगामी सेप्टेम्बर पाँच र ८ मा हुनेछ। पहिलो खेल दिनमा हुनेछ भने दोस्रो खेल डेनाइटमा हुनेछ।