काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ६ जना मृत फेला परेका छन्।
प्रहरीका अनुसार मोरङ, धनपालथान गाउँपालिका-३ बेतौना चोकस्थित सडक पेटीमा भारत अररिया मजरग पंचायत बस्ने ५५ वर्षीय राजेश्वर बहरदार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, बिर्तामोड नगरपालिका-२ चैतुवाडीस्थित सडक पेटीमा भारत आसाम घर भएका ४३ वर्षीय दिपेन मादुवा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, मिथिला नगरपालिका-४ चमेनीमाई मन्दिर नजिकै हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
कैलाली, लम्कीचुहा नगरपालिका-७ खरौलास्थित नालामा सोही ठाउँ बस्ने ६५ वर्षीया चन्द्रा देवी भुल आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन, भरतपुर महानगरपालिका-१ राम जानकी मन्दिरस्थित पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोट,बेलकोटगढी नगरपालिका-७ कल्चेडीस्थित ससुराली घरमा काठमाडौं टोखा नगरपालिका-१ बस्ने ४० वर्षीया भिमदेव डंगोल आइतबार मृत अवस्थामा फेला परेका छन् ।